Aamsanchar

वेस्ट इन्डिजसँगकाे खेल नेपालका लागि ठूलो अवसर : कप्तान राेहित

Author Image
सोमवार, असार ९, २०८२

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले वेस्ट इन्डिजसँगको टी–२० अन्तर्राष्ट्रिय खेललाई लिएर उत्साह व्यक्त गरेका छन् ।

स्कटल्यान्डमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला खेलेर हिजो स्वदेश फर्किएको नेपाली टोलीका कप्तान पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै वेस्ट इन्डिजसँग आउँदो सेप्टेम्बरमा हुने टी–२० अन्तर्राष्ट्रिय खेल नेपालका लागि ठूलो अवसर हुने बताए ।

वेस्ट इन्डिज दुई पटकको विश्वकप विजेता टोली हो । यसअघि नेपालमै वेस्ट इन्डिज ‘ए’ टोलीसँग खेलेको भन्दै आउँदो शृङ्खला अझ चुनौतीपूर्ण र रोमाञ्चक हुने उनको भनाइ छ ।

पौडेलले स्कटल्यान्डको भ्रमण र त्रिदेशीय टी–२० शृङ्खलाबाट नेपाली टोलीले राम्रो अनुभव बटुलेको र ब्याटिङतर्फ सुधार देखिएको बताए ।

वेस्ट इन्डिजसँगको खेलअघि नेपालले अक्टोबरमा हुने टी–२० विश्वकप एशिया छनोट तयारीको अभ्यासका लागि श्रीलङ्का जाने भएको छ । आउँदो अगस्टमा भारत र अस्ट्रेलियामा पनि नेपालको अभ्यास क्याम्प सञ्चालन हुने तय भइसकेको छ ।

 

Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर