Aamsanchar

खाँदबारी–गोला सडक अवरुद्ध

Author Image
मङ्गलवार, असार १०, २०८२

सङ्खुवासभा- अविरल वर्षाका कारण कोशी राजमार्गअन्तर्गत मकालु गाउँपालिका–५ स्थित फ्याक्सिन्दा खण्डमा मङ्गलबार बिहानदेखि सडक अवरुद्ध भएको छ । वर्षाका कारण फाक्रे खोलानजिक पहिरो खसेपछि खाँदबारी–गोला सडकखण्ड ठप्प भएको हो ।

जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख डिएसपी दक्ष कुमार बस्नेतले भन्नुभयो, “फ्याक्सिन्दा क्षेत्रमा खसेको ठुलो पहिरोका कारण सवारी आवागमन अवरुद्ध भएको छ । पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको छ ।”

उत्तर–दक्षिण कोशी सडक आयोजनाले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । सडक अवरुद्ध हुँदा खाँदबारीबाट भोटखोला जाँदै गरेका तथा भोटखोलाबाट खाँदबारी फर्कंदै गरेका साना तथा ठुला सवारीसाधनहरू बिच बाटोमै रोकिएका छन् ।

Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर