Aamsanchar

 असार १५ को महत्व

Author Image
आइतवार, असार १५, २०८२

छुपुमा छुपु खेतहै रोपु हातको बीउ छउँन्जेल।
जे खानु खाइयो जे लाउनु लाइयो बाबाको  ज्युछइन्जेल ।
असारै  १५ मा  दहि  च्युराखाउला ,साउने  १५ मा   खिर ।
घरमा छैन शितलु वचन ,मनमा छैन थिर ।
असार १५ को महत्व ः–
धान उत्पादनमा वृद्धि
खाध्य सुरक्षा आत्मानिर्भर र समृद्धी  भन्ने यश वर्षको नारा लाई सार्थकता प्रदान गरौ , १८ औं धान दिवश तथा असार १५ को सबैमा हार्दिक शुभकामना ।
सनातन काल देखि नै नेपालमा असार १५ लाई  बडो महत्त्वपूर्ण दिनको रूपमा लिइने गरिन्छ ।  कहिले देखि यो परम्परा रहन गयो भन्ने त्यस्तो तथ्य नभए पनि यो सनातन   परापुर्वकालदेखि नै दही चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रूपमा  लिने गरिन्छ ।

संयुक्त राष्ट्र संघले सन २००४ मा   धान दिवस मनाउने प्रस्ताव ल्याए पछि  सन २००४ देखि असार १५ लाई धान दिवशको रुपमा मनाउने गरिन्छ । यो दिवश विस्वभर नै मनाउने गरिन्छ । आज भन्दा १७ वर्ष अगि सम्म असार १५ एउटा पर्वको रुपमा मात्र मनाउदै आइएको थियो ।यो कृर्षी पेशा गर्ने ,नगर्ने सबैले गच्छे अनुसार दहि चिउरा कोला आँप अन्य गुलिया फलफुल आदि को व्यवस्था मिलाइ घरका सबै परिवार बसि यो पर्व एउटा पारिवारिक वातवर्णमा मनाइने गरिदै आइएको छ ,त्यो क्रम आज सम्म चली आएको छ। खास गरि भुमिरात्री को दिन  भुमी पुजा गर्ने त्यस दिन खन जोत नगर्ने र असार १५ गते बाट हुने सक्ने ले नौमती बाजा गाजा सहित असारे गित गाउदै घान रोप्ने चलन  पुरानै रितिथिती हो । विचमा यो चलन अहि लोप हुन लागे पनि अहिले आएर यो चलन पुनः चल्त्तिमा आएको पाइन्छ ।यसरी नौमती बाजा बजाएर धान रोप्ने चलन लाई बेठी भनिन्छ । सुरिलो भाकामा ’’ रोप न रोप रोपारै नानी म पँज्याई दिउलाँ विऊ ,,
हलि लाई दिउला एकराते दहि वाउसेलाइ दिउँला घिउ।
असारमास छिपछिपे हिलो खै लाग्यो फालिमा ।
बुबालाइ भनी दोप्परे ल्याए  सेलायो आलिमा  ।
जस्ता लोक भाकामा रोपार बाहुसे गित गाउदै हिलो    थकाइ लाई पनि मनोरञ्जन गर्दै धान रोप्ने चलन छ ।रोपाइ देखि दाँई सम्मका भाका हाली दोहोरी कृर्षी गित हरु गाउने ,  रोपाइ गर्दै गर्दा दोप्परे खाजा आलिमा बसि खाने र रोपाइ सकेर खानाहरु खाने गरिन्छ । असारे गित हरु चाहिँ भुगोल अनुसार आ –आफ्ना भाकामा गाइन्छ ।  धान को बीउ काड्ने लाई व्याडे ,कोदाली बोकेर छेउ कुना मिलाउने लाई बाहुसे र होलो जोत्ने र दाँदे लगाउने ( सम्याउने /साउने ) लाई हलि भन्ने गरिन्छ । हातमा बीउ लीएर रोप्ने लाई रोपार भनेर चिनिन्छ ।
यसरी मनाउदै आइएको पर्व   विगत १७ वर्षदेखि धान दिवसको रूपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।
यस वर्ष ‘धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा, आत्मनिर्भर र समृद्धि’ भन्ने मूल नाराका साथ  आज असार १५ मा २२ औँ राष्ट्रिय धान दिवस मनाइदै छ । आजको दिन प्रत्येक जिल्लाहरूले  धान दिवस तथा रोपाइँ महोत्सव मनाउँदै छन् ।   यसरी संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउन  सन २००४ मा प्रस्ताव पारित  गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो र  यसैलाई आधार मानेर नेपालमा पनि  राष्ट्रीय पर्वकै रुपमा मनाउन थालिएको हो ।
नेपाली संस्कृति अनुसार असार १५ मा दह चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्त्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरू धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ । आफ्ना ग्राहक हरुको लागि  डेरी व्यवसायीहरूले एक हप्तादेखि जोहो गरेर दही जमाउने  राख्ने गर्दछन् ।

आफ्नो परम्परा धान्न भए पनि अरु बेला खासै दही नखाने वा दहिको चासो नलिनेले पनि यश दिन दही खाने गर्दछन् । यो दिन दही नपाइएला भनेर मानिसहरू अघिल्लै दिनदेखि नै दही खरिद गरी राख्ने गर्दछन् । यस दिन बढी खपत भएपछि बजारमा बेलुका पख दही अभाव हुन्छ ।
गाउँघरमा जताततै सबैले घर घरमा दही चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दही जमाएर राखेको हुँदैन उनीहरूले पनि सहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन् ।  यस दिन सहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दूध किनेर दही आफैँ जमाएर भोलि पल्ट दही चिउरा खाने चलन छ ।
आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरू गरेर यसको महत्त्व बढाउने गरिदै आएको पाइन्छ ।

आजभोलि विद्यालयका विद्यार्थिहरुलाइ पनि दही चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रीतिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने मा विस्वास गरिएको छ ।
वास्तवमा हाम्रो देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतिले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरू ठुला–ठुला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृति बचाउन सक्दा पर्यटकको लागि आकर्षण  बन्न सक्छ । अझ झन् हाम्रो जस्तो कृषि प्रधान देशमा यसको हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ ।  नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाइमा धान खेती हुन्छ ।  कुल ११८ जातका धान नेपालमा पाइन्छ । असार १५ कहिले देखि मनाइयो वा धान दिवस कतिपल्ट मनाइयो भन्ने ले खास अर्थ राख्दैन तर  उपलब्धि के पाइयो भन्ने कुराले ठुलो महत्त्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकीकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाइँदैन कृर्षी लाई आधुनिकिकरण गर्न नसक्दा कृषि पेशा  गरिव ले गर्ने अशिक्षित नपढेको व्यक्तिले गर्ने सँज्ञा भएको छ ।
हाम्रो देशलाई ‘कृषिप्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन हामी सबै जना लागौँ ।  कृर्षी लाई आधुनिकिकरण गर्दै वास्तविक किसान लाई उत्प्रेरणा दिने  मल बीउ मा सहुलियत , कृर्षी औजारहरु निशुल्क व्यवस्था होस खाली जमीन , बाझो जमिन कतै नहोस युवा हरुलाइ कृर्षिमा आक्रषित गर्न सकियोस ।  यस वर्षको असार १५  अर्थावत धान दिवस  सबैलाइ यही प्रेरणा प्रदान गरोस् । शुभकामना ।

कल्पना भट्टराई 
केन्द्रीय सदस्य
राष्ट्रीय हिन्दु एकता मञ्च नेपाल
केन्द्रीय कार्यालय भद्रपुर ७ झापा

 

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर