

काठमाडौं – कैलालीको धनगढीमा भारी वर्षा भएको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार जलमग्न भएको छ ।

धनगढी बजार क्षेत्र जलमग्न भएका कारण सवारीसाधन गुडाउन सकिएको छैन भने पैदल यात्रा गर्न समेत समस्या भएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार २४ घण्टाको अवधिमा धनगढी विमानस्थल आसपास क्षेत्रमा २०२.२ मिलिमिटर वर्षा मापन भएको छ ।


वर्षासँगै बाढी र डुबानको जोखिम भएकाले सावधानी अपनाउन पनि विभागले भनेको छ ।
यसैबिच
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अविरल वर्षापछि घर डुबानमा परेर फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरी आठ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
Views: 132

