Aamsanchar

झापामा आइसर ट्रकप्रति ढुवानी व्यवसायीको आकर्षण

Author Image
शनिवार, असार २१, २०८२

बिर्तामोड । झापामा ढुवानी सेवामा संलग्न व्यवसायीहरूबीच आइसर कम्पनीको ट्रकप्रति आकर्षण बढ्दै गएको छ। यही क्रममा, बिर्तामोडस्थित अग्रणी ढुवानी कम्पनी पूर्वेली ढुवानी सेवा प्रा.लि. ले आफ्नो सेवामा आइसर ब्रान्डको नयाँ ट्रक थप गरेको छ।

नेपालका लागि आइसर ट्रकको आधिकारिक वितरक बतास एमएडब्लु कर्मसियल भेइकल्स द्वारा हालै नेपाल भित्र्याइएको १० चक्के प्रो ५०२५ मोडलको एकवटा ट्रक पूर्वेली ढुवानीले खरिद गरेको हो।

एक संक्षिप्त कार्यक्रमका बीच, बिर्तामोड–२ चारपानेस्थित विक्री केन्द्रमा आयोजित समारोहमा पूर्वेली ढुवानीका अध्यक्ष निर्मलराज खत्री ले ट्रकको चाबी ग्रहण गरे। बिर्तामोड शाखा प्रमुख अनिल पौडेल ले चाबी हस्तान्तरण गरेका थिए।

अध्यक्ष खत्रीले बताएअनुसार, “विगतमा विभिन्न कम्पनीका ट्रकहरू प्रयोग गर्दै आएको थिएँ। तर यसपटक आइसर ट्रकको माइलेज र भारवहन क्षमताप्रति विश्वस्त भएर छनोट गरेको हुँ।”

विशेषगरी निर्माण व्यवसायदेखि सार्वजनिक बस यातायातसम्मका क्षेत्रमा पहिल्यै लोकप्रिय बनिसकेको आइसर ब्रान्ड अहिले झापाको ढुवानी क्षेत्रमा पनि प्रभावशाली प्रवेश गर्दै गएको छ।

Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२