Aamsanchar

सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल

Author Image
मङ्गलवार, असार २४, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा जारी बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा (एमाले) महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णुप्रसाद रिमाल सहभागी छन्।

बैठकमा पछिल्लो समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर