झापा । राधिका फाउण्डेशनको विशेष आयोजनामा “कोशी पर्यटन धार्मिक माई महोत्सव २०८२” यहि आउँदो मङ्सिर महिनामा भव्य रूपमा आयोजना हुने भएको छ। धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनलाई लक्ष्य गरेर आयोजना हुन लागेको महोत्सव कनकमाई भगवतीको सानिध्यमा, माई खोलाको पवित्र तटमा सम्पन्न हुनेछ।

महोत्सव सफल बनाउन आवश्यक तयारीका सन्दर्भमा हालै विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। उक्त छलफलमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, सचिव विशाल घिमिरे, प्रदेश सरकारका आर्थिक सल्लाहकार मोहन सुवेदी लगायत सरोकारवाला विभिन्न निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

संस्थाका अनुसार महोत्सवमा धार्मिक पूजा–पाठ, सांस्कृतिक कार्यक्रम, पर्यटन प्रदर्शनी र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यका साथ विविध कार्यक्रम समावेश गरिनेछ। आयोजकहरूले यस कार्यक्रमबाट स्थानीय पर्यटन, धार्मिक महत्व र आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुग्ने अपेक्षा गरेका छन्।

