Aamsanchar

प्रधानमन्त्री ओली असार २८ र २९ गते झापा–इलाम भ्रमणमा

Author Image
शुक्रवार, असार २७, २०८२

झापा ।  पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यहि असार २८ र २९ गते झापा र इलामको दुईदिने भ्रमण गर्ने भएका छन्। भ्रमणको क्रममा उनले पूर्वी नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको उद्घाटन तथा शिलान्यास गर्नुका साथै कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

भ्रमणको पहिलो दिन असार २८ गते, प्रधानमन्त्री ओलीलाई बिहान ११ बजे चन्द्रगढी विमानस्थलमा स्वागत गरिनेछ। त्यसपश्चात ११:३० बजे बुद्धशान्ति गाउँपालिका–३ स्थित भागिरथा न्यौपाने अस्पतालको उद्घाटन गरिनेछ।

त्यसपछि उनी १२:१५ बजे इलामको माइ नगरपालिकातर्फ प्रस्थान गर्नेछन्। १ बजे माइ नगरपालिका–२ मा रहेको नगर अस्पतालको उद्घाटन, जग्गा धनीपुर्जा वितरण तथा खानेपानी आयोजना शिलान्यास कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

त्यसपछि झापा फिर्ता भइ, ३:३० बजे कनकाई नगरपालिका–३ मा रहेको उद्योग वाणिज्य संघको भवनमा जग्गा धनीपुर्जा वितरण कार्यक्रममा सहभागी हुने कार्यक्रम तय गरिएको छ। साँझ ६ बजे प्रधानमन्त्री ओली दमकस्थित निजी निवासमा विश्राम गर्नेछन्। राति केही भेटघाटपश्चात ओली त्यहीं बास बस्नेछन्।

भ्रमणको दोस्रो दिन असार २९ गते, बिहान १० बजे दमक नगरपालिका–२ मा रहेको कृष्ण मन्दिरदेखि ताराबारी डिपो सडक उद्घाटन गर्ने कार्यक्रम छ। त्यसपछि ११:३० बजे गौरीगञ्जस्थित हुलाकी सडक रतुवा नदीमाथिको पुल उद्घाटन गरिनेछ।

प्रधानमन्त्री ओली १२:३० बजे बिर्तामोड प्रस्थान गरी, दिउँसो २ बजे सिटीसेन्टर बिर्तामोडमा आयोजित कार्यकर्ता मेला कार्यक्रममा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्नेछन्।

भ्रमण समापनपछि प्रधानमन्त्री ओली ३:३० बजे चन्द्रगढी विमानस्थल प्रस्थान गर्ने र ३:४५ बजे काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको छ।

नेकपा एमाले झापा र इलामका स्थानीय नेतृत्वले भ्रमणलाई भव्य बनाउन तयारी अन्तिम चरणमा पुर्याइएको जानकारी दिएका छन्।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर