Aamsanchar

प्रधानमन्त्रीद्वारा झापा र मोरङ जोड्ने रतुवा पुलको उद्घाटन

Author Image
आइतवार, असार २९, २०८२

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज-आमबारी खण्डको झापा र मोरङ जोड्ने रतुवा पुलको आइतबार उद्घाटन गरेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको हुलाकी सडक निर्देशनालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो पुलको उद्घाटन गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले खेत नजिकै नदी भए पनि सिंचाइ र उत्पादन नहुने स्थिति अन्त्य गर्दै विकास निर्माणलाई तीव्रता दिएर अबको १५ वर्षभित्र मुलुकबाट गरिबी उन्मुलन गर्नुपर्ने आह्वान गरे ।

उनले कृषिको आधुनिकीकरण र व्यावसायिकीकरण गरी नमुना काम गर्न स्थानीय तहलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर