Aamsanchar

शिक्षकले छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ भनेर सन्देश पठाएपछि….

Author Image
आइतवार, असार २९, २०८२

रौतहट – जिल्लाको गरुडा नगरपालिका–९ श्रीपुरस्थित श्री माध्यमिक विद्यालय तनावग्रस्त बनेको छ। विद्यालयका एक शिक्षकमाथि आफ्नै छात्रालाई आपत्तिजनक सन्देश पठाएको आरोप लागेपछि स्थानीयले आक्रोश व्यक्त गर्दै विद्यालयमा तोडफोड गरेका छन्।

विद्यालयका सामाजिक शिक्षा शिक्षक रवीन्द्र प्रसाद साहले एक छात्रालाई ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखिएको सन्देश पठाएको भन्दै विद्यार्थी र अभिभावक आक्रोशित बनेका थिए। घटनापछि साहमाथि कुटपिटसमेत गरिएको छ।

आइतबार विद्यालय परिसरमै आक्रोशित भिडले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको थियो। घटनाको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको टोली घटनास्थल पुगेको थियो। भिड नियन्त्रण गर्न प्रहरीले एक राउण्ड अश्रुग्यास समेत प्रहार गरेको थियो।

इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले शिक्षक रवीन्द्र साहलाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन्। उनले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर