Aamsanchar

काठमाण्डौको बबरमहलमा सबैभन्दा धेरै वर्षा, आज राति कोशी र गण्डकीमा सम्भावना

Author Image
आइतवार, असार २९, २०८२

काठमाण्डौ – आज काठमाण्डौको बबरमहलमा सबैभन्दा धेरै पानी परेको छ । आज दिउँसो बबरमहल क्षेत्रमा सबैभन्दा धेरै ३१ मिलिमिटर पानी परेको जल तथा मौमस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो तीन घण्टाको वर्षामापन अनुसार बबरमहल, सुन्दरीजल, गोर्खाको आरुघाट, नुवाकोटको ककनी, खोटाङ, जाजरकोटमा तुलनात्मक रूपमा धेरै वर्षा भएको छ । सुन्दरीजलमा २९ दशमलव २ मिलिमिटर, गोर्खाको आरुघाटमा २८ दशमलव ८ मिलिमिटर, नुवाकोटको ककनीमा ३६ दशमलव ८ मिलिमिटर, खोटाङमा २७ दशमलव ६ मिलिमिटर र जाजरकोटमा २२ दशमलव ४ मिलिमिटर पानी परेको छ ।

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार आज दिउँसो देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । यसअघि आज दिउँसो ३ बजे अगाडि रुकुमको रुकुमकोटमा २० दशमलव २ मिलिमिटर पानी परेका थियो ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँ तथा अरू प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति कोशी र गण्डकी प्रदेशका एकरदुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Views: 245

प्रतिक्रिया (०)

सम्बन्धित खबर