Aamsanchar

पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष बस्यालको दुर्घटनामा परि निधन

Author Image
सोमवार, असार ३०, २०८२

बर्दिया – नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्यालको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।

मधुवन नगरपालिकाको कुसुम्बाबजारदेखि गुलरियातर्फ आउँदै गर्दा मधुवन नगरपालिका–८ गणेश चोक नजिक हुलाकी सडकमा उनी सवार भे १३ प ९३६७ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि बसेका पत्रकार बस्याल घाइते भएका थिए। दुर्घटनामा परी गम्भीर चोट लागेपछि उनलाई तत्काल उपचारका लागि बर्दिया अस्पताल पुर्याइएको थियो।

त्यहाँ उपचार सम्भव नभएपछि शिक्षण अस्पताल नेपालगञ्जमा ल्याइएकोमा उनको उपचारका क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डम्मरपालले जानकारी दिए। मोटरसाइकल चालक विष्णु पौडेलको भने बर्दिया अस्पतालमा उपचार भइरहेको उनले बताए।

बस्याल लामो समयदेखि पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो। नेपाल पत्रकार महासंघ बर्दियाको दुई कार्यकाल अध्यक्ष भइ नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष समेत भएका बस्याल बर्दिया जिल्लामा बसेर पत्रकारीता गर्नुका साथै काठमाडौँमा बसेर रेडियो नेपाल लगायतका सञ्चार माध्यममा काम गरेका थिए।

 

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर