Aamsanchar

दाङमा बबई नदीमा डुबेर दुई जना किशोर बेपत्ता

Author Image
सोमवार, असार ३०, २०८२

दाङ – दाङमा बबई नदीमा डुबेर दुई जना किशोर बेपत्ता भएका छन् । बेपत्ता हुनेहरूमा तुलसीपुर उपमहानगरपालिका–७ झुमरेका १७ वर्षीय विधान केसी र तुलसीपुर–५ न्यु ज्ञानज्योति स्कुल नजिकै बस्ने १८ वर्षीय कुशल बुढामगर रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

बबई गाउँपालिका–५ छहरा नजिकै बबई नदीमा नुहाउने क्रममा आज दिउँसो उनीहरू डुबेर बेपत्ता भएका हुन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Views: 109

प्रतिक्रिया (०)

सम्बन्धित खबर