

काठमाडौं – भारतका प्रसिद्ध धावक फौजा सिंहको निधन भएको छ। उनको ११४ वर्षको उमेरमा निधन भएको हो। परिवारका अनुसार सिंह घरबाट निस्किएर जालन्धर-पठानकोट राष्ट्रिय राजमार्ग पार गर्ने क्रममा सवारीले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए। उपचारका लागि अस्पताल पुर्याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थियो।


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सिंहको निधनप्रति दुस्ख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् ,´फौजा सिंह एक असाधारण व्यक्ति थिए जसले आफ्नो अद्वितीय व्यक्तित्व र फिटनेस जस्तो महत्त्वपूर्ण विषयमा भारतका युवाहरूलाई प्रेरित गरे।`


सन् २००० मा सिंहले पहिलो पटक लण्डनमा म्याराथन दौडमा भाग लिएका थिए। ८९ वर्षको उमेर पुग्न एक महिना बाँकी रहँदा उनले म्याराथन दौड ६ घण्टा ५४ मिनेटमा पूरा गरेर विश्वभर चर्चा बटुलेका थिए।

