Aamsanchar

मोटरले धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु

Author Image
मङ्गलवार, असार ३१, २०८२

रौतहट – रौतहटको मौलापुरमा विद्युतीय मोटर प्रयोग गरेर धान खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा एक बालकको मृत्यु भएको छ ।

मौलापुर नगरपालिकाको-८ सोनरनियामा धान खेतमा पानी हाल्न प्रयोग गरेको विद्युतीय मोटरबाट करेन्ट लाग्दा १४ वर्षीय बालक नरेन्द्र पटेलको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका बालक पटेललाई उपचारका लागि स्थानीय अस्पताल पुर्‍याइको थियो ।

तर उनको उपचारकै क्रममा मृत्यु भएको मौलापुर नगरपालिकाका मेयर रिना साहले जानकारी दिइन् ।

Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर