Aamsanchar

सुनको भाउ घट्याे

Author Image
बुधवार, असार ३२, २०८२

काठमाण्डौ – सुनको भाउ आज एकैदिन एक हजार तीन सय रुपैयाँले घटेको छ । भाउ घटेको दिन सुन तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९३ हजार तीन सय रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ १५ रुपैयाँले घटेर तोलाको दुई हजार दुई सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । चाँदीको भाउ हिजो तोलाको दुई हजार दुई सय ७५ रुपैयाँ थियो ।

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ घट्यो
बिहिवार, माघ २२, २०८२
सुनको मूल्यमा गिरावट जारी
सोमवार, माघ १९, २०८२
आज पनि घट्यो सुनकाे मुल्य
आइतवार, माघ १८, २०८२