Aamsanchar

क्यानडाकी फरवार्ड स्मिथ विश्वकै सर्वाधिक महँगो फुटबलर

Author Image
शुक्रवार, साउन २, २०८२

काठमाडौं – क्यानडाकी फरवार्ड ओलिभिया स्मिथ विश्वकै सर्वाधिक महँगो फुटबलर भएकी छन् ।

बिहीबार आर्सनलले स्मिथलाई हालसम्मकै कीर्तिमानी रकम तिरेर टोलीमा भित्र्याएको हो । आर्सनलले स्मिथलाई एक मिलियन पाउन्डमा चार वर्षको लागि अनुबन्ध गरेको छ । यसअघि अमेरिका तथा इंग्लिस क्लब चेल्सीकी रक्षक नाओमी गिर्मा सर्वाधिक मूल्यमा अनुबन्धित भएकी थिइन् । क्लबले गत जनवरीमा गिर्मालाई नौ लाख पाउन्डमा भित्र्याएको थियो ।

२० वर्षको उमेरमा कीर्तिमान रेकर्ड बनाएकी स्मिथले सन् २०२२ मा क्यानेडियन क्लब अर्थ टोरोन्टो निट्रोसबाट व्यवसायिक फुटबलमा डेब्यु गरेकी थिइन् ।

स्मिथले त्यसपछि सन् २०२३–२०२४ मा पोर्चुगिज क्लब स्पोर्टिङ सीपी र सन् २०२४–२०२५ मा इंग्लिस क्लब लिभरपुलबाट खेलेकी थिइन् । उनले लिभरपुलबाट २० खेल खेल्दा सात गोल गरेकी छन् ।

Views: 82

प्रतिक्रिया (०)

सम्बन्धित खबर