

इलाम । इलामको माईजोगमाई गाउँपालिका–२ निवासी २३ वर्षीय प्रकाश चापागाईंको छुरा प्रहारबाट मृत्यु भएको छ भने उनका दाजु ३२ वर्षीय निरोज चापागाईं गम्भीर घाइते भएका छन्। घटनामा संलग्न अभियुक्त सुर्योदय नगरपालिका–१ का ३३ वर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ।

घटना असार ३२ गते राति सुर्योदय नगरपालिका–१ स्थित ससुराली घरमा भएको हो। सामान्य विवादका क्रममा शेर्पाले दुई दाजुभाइमाथि छुरा प्रहार गरेका थिए। घटनास्थलमै प्रकाशको मृत्यु भएको हो भने घाइते निरोजको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

हत्या पश्चात फरार रहेका शेर्पालाई प्रहरीले साउन १ गते मानेभञ्ज्याङबाट पक्राउ गरेको हो। उनलाई कर्तव्य ज्यान मुद्दामा इलाका प्रहरी कार्यालय पशुपतिनगरमार्फत थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Views: 215

