Aamsanchar

मिटरबक्स बन्द गर्ने क्रममा चट्याङ लागेर एक महिलाको घटनास्थलमै मृत्यु

Author Image
आइतवार, साउन ४, २०८२

खोटाङ – चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका–५ छापडाँडाकी ५४ वर्षकी बदमसरी परियारको मृत्यु भएको छ। शनिबार राति साढे १० उक्त घटना भएको हो।

जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रका अनुसार मिटरबक्स बन्द गर्ने क्रममा उनलाई चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर