

काठमाडौं – यूएफा महिला युरोकप–२०२५ को पहिलो सेमिफाइनलमा आज साबिक विजेता इङ्ल्यान्ड र इटाली आमनेसामने हुँदैछन्। यी दुईबीचको खेल नेपाली

समय अनुसार राति पौने एक बजे स्टेड डे जेनेभ स्विट्जरल्याण्डमा हुनेछ। समूह बीको उपविजेतका रुपमा अन्तिम ८ मा प्रवेश गरेको इटालीले क्वाटरफाइनलमा नर्वेलाई २–१ गोलले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो। समूह डीको उपविजेता इङ्ल्यान्डले भने क्वाटरफाइनलमा स्वीडेनसँग कठिन जितका साथ अन्तिम चारमा स्थान बनाएको थियो।



यी दुई टोलीबीच हालसम्म ३२ पटक भेट हुँदा १४ खेलमा इटालीले विजयी भएको छ भने १२ खेलमा इङ्ल्यान्डले बाजी मारेको छ। ६ खेल ड्र भएको छ।
इटालीविरुद्ध इंग्ल्यान्ड पछिल्लो पाँच खेलमा अपराजित छ। उसले पछिल्लो पटक इटालीलाई गत वर्षको फेब्रुअरीमा ५–१ गोलले हराएको थियो।
आजको विजेताले उपाधिका लागि भोलि हुने स्पेन र जर्मनीको विजेतासँग आगामी आइतबार खेल्नेछन्

