Aamsanchar

१ सय ३३ केजी गाँजा निजी कारबाट बरामद

Author Image
मङ्गलवार, साउन ६, २०८२

रौतहट – रौतहटको गरुडा नगरपालिका- ५ स्थित झाझ खोला नजिकबाट प्रहरीले बरामद गरेको गाँजाको तौल १ सय ३३ किलो रहेको छ । मंगलबार बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ वटा पोकामा राखिएको लागुऔपषध गाँजा बरामद गरेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए ।

रातो कलरको ब्रेजा कारमा गाँजा लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि गरुडा प्रहरीले चेकिङ तीब्र बनाएको थियो । तर,चालकले प्रहरी चेकिङ छलेर तीव्र गतिमा कार भगाउँदा समेत सफल नभएपछि खेतमा छोडेर भागेको थियो।

 

डीएसपी कार्कीले बरामद गाडीमार्फत कारोबारीसम्म पुग्न अनुसन्धान अघि बढाइएको बताए ।

Views: 40

प्रतिक्रिया (०)

सम्बन्धित खबर