Aamsanchar

ढाकमा भएको विमान दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या २७ पुग्यो

Author Image
मङ्गलवार, साउन ६, २०८२

बङ्गलादेशको राजधानी ढाकाको एक विद्यालयमा वायु सेनाको लडाकू विमान खस्दा ज्यान गुमाउनेको सङ्ख्या २७ जना पुगेको छ । दुर्घटनामा एक सय ७१ जना घाइते भएका छन् । यो बङ्गलादेशमा विगत केही वर्षको सबैभन्दा भीषण हवाई दुर्घटना हो ।

स्थानीय समय अनुसार हिजो १ बजेर १८ मिनेटमा ढाकाको उत्तर भागमा रहेको ‘माइलस्टोन स्कूल एण्ड कलेज’ को भवनमा बङ्गलादेश एअर फोर्सको सेभेन जेट विमान खसेको हो ।

सीएनएनका अनुसार यान्त्रिक गडबडीका कारण विमानले नियन्त्रण गुमाएको थियो । पाइलटले जनघनत्व कम भएको क्षेत्रतर्फ मोड्ने प्रयास गरे पनि विद्यालयमा खस्न पुगेको थियो ।

दुर्घटनाबारे विस्तृत अनुसन्धान शुरू गरिएको खबरमा उल्लेख छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका विशेष सहायक डा। सायेदुर रहमानका अनुसार ज्यान गुमाउनेमध्ये २५ जना बालबालिका छन् र अहिले ७८ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।

बङ्गलादेशको सरकारले देशभर शोक घोषणा गर्दै विशेष प्रार्थनाको कार्यक्रमको गरेको छ । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यो राष्ट्रका लागि गहिरो पीडाको क्षण भएको भन्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको खबरमा उल्लेख छ ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर