

काठमाडौं – प्रसिद्ध अमेरिकी रेसलिङ्ग स्टार हल्क होगनको ७१ वर्षको उमेरमा निधन भएको छ। सन् १९५३ मा अमेरिकाको जर्जियामा जन्मिएका होगनको वास्तविक नाम टेरी जिन बोलिया हो।

सुनौलो कपाल र प्रसिद्ध ह्यान्डलबार जुँगासहित उनले अमेरिका मात्र नभइ विश्वभरका रेसलिङ्ग प्रशंसकको मन जितेका थिए। उनको निधन बिहीबार फ्लोरिडाको क्लियरवाटरस्थित आफ्नै घरमा हृदयघातका कारण भएको हो।
Views: 82

