

एजेन्सी : भारतको राजस्थानमा विद्यालयको भवन भत्किदा तीन बालबालिकाको मृत्यु भएको छ। राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी नजिकै एक सरकारी विद्यालयको छत भत्किँदा तीन बालबालिकाको मृत्यु भएको हो भने कम्तिमा ३० जना घाइते भएका छन्। राजस्थानका शिक्षामन्त्री मदन दिलावरले तीन बालबालिकाको मृत्यु भएको पुष्टि गरेका छन्।

यस विषयमा शिक्षा विभागले पाँचजना शिक्षकलाई निलम्बन गरेको छ। जिल्ला शिक्षा अधिकारी नरसिंह मीनाले शिक्षकलाई कारबाही गर्ने निर्णय गरेका हुन्।



दुर्घटना लगत्तै स्थानीयहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए। घाइते हुनेमा शिक्षक पनि छन्। हाल सबैलाई उपचारका लागि अस्पताल लगिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Views: 393

