
🕉 आजको तिथिः कृष्णपक्ष द्वादशी, दिनः शनिबार

🔮 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)ः
आज नजिकका साथी वा विश्वासपात्रले नै पीडा दिने प्रयास गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। व्यक्तिगत कुराहरू खुलस्त नबनाउनु राम्रो हुन्छ। परिवारमा नयाँ सदस्यको आगमन वा अतिथिको प्रवेशको संकेत छ। परिश्रमले लक्ष्य नजिक पुर्याउँछ तर मानसिक छटपटी र उत्सुकता रहिरहनेछ।

🔮 वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)ः
आदरयोग्य व्यक्तिहरूसँग निकटता बढ्ने समय हो। पारिवारिक सल्लाह वा दाजुभाइबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा व्यवहारिक सोचले आर्थिक समृद्धिमा टेवा पुर्याउनेछ। सामाजिक वा धार्मिक कार्यमा संलग्न हुन पाउँदा भाग्यबल बढ्नेछ।

🔮 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)ः
प्रेमिल दिनको संकेत छ, कुनै विशेष व्यक्तिसँग चिनजान हुने सम्भावना छ। आयआर्जनका नयाँ स्रोत खुल्नेछ, अप्रत्याशित धन लाभ हुने सम्भावना प्रबल देखिन्छ। मौखिक प्रस्तुतिमा सफल भइनेछ।


🔮 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)ः
जीवनसाथीसँगको सम्बन्ध प्रगाढ हुनेछ। आफन्तसँगको भेटघाट रमाइलो हुनेछ। आत्मविश्लेषण गरेर कमजोरी सुधार्ने समय हो। व्यवस्थापनमा ध्यान पुर्याउनु आवश्यक देखिन्छ।
🔮 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)ः
वित्तीय योजनामा विशेष सतर्कता अपनाउनुहोस्। आवेगमा निर्णय लिंदा षड्यन्त्रको सिकार बन्न सकिन्छ। साँझतिर मन भावुक र उदास बन्नसक्छ। आत्मसम्मानमा आँच आउन सक्ने परिस्थिति देखिन्छ।
🔮 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)ः
रोकिएको कार्य सम्पन्न हुने दिन हो। प्रेम सम्बन्धमा उत्साह छाउनेछ। नयाँ आर्थिक अवसर देखिनेछ। छोराछोरी वा परिवारजनका चाहना पूरा गर्न खर्च गर्नुपर्ला।
🔮 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)ः
आज भाग्यभन्दा मेहनतमै भर पर्नु उत्तम हुनेछ। परीक्षार्थीका लागि सफलता मिल्ने संकेत छ। सृजनात्मक काममा लागेर राम्रो परिणाम प्राप्त हुनेछ। मिहिनेतको फल पाउन परिश्रमको विकल्प छैन।
🔮 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)ः
पारिवारिक जीवन र अभिभावकको महत्व बढ्नेछ। सहयोगी भावनाले नयाँ सम्बन्ध बन्नेछ। रियल स्टेट वा निर्माण व्यवसायमा लाभ मिल्नेछ। धार्मिक तथा परोपकारी कार्यमा संलग्न भइने सम्भावना देखिन्छ।
🔮 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)ः
काममा ध्यान नजाँदासम्म अध्यात्म वा रहस्यका विषयमा चासो बढ्न सक्छ। धन लाभको सम्भावना छ, तर स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। समस्या चाँडै समाधान नगर्दा त्यसले ठूलो असर पार्न सक्छ।
🔮 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)ः
सपना र कल्पनामा रमाउने दिन हो। निजी सम्बन्धलाई खुलेर प्रस्तुत गर्दा लाभ मिल्नेछ। जीवनसाथीसँग समय बिताउनुपर्ने आवश्यकता देखिन्छ। कामको जिम्मेवारी बढ्ने सम्भावना छ।
🔮 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)ः
सृजनात्मक कार्यमा मन जानेछ। प्रतिस्पर्धीहरू सचेत छन्, त्यसैले सावधानी अपनाउनु जरूरी छ। प्रतिष्ठा आर्जन गर्ने अवसर पाइनेछ। पारिवारिक सहयोग पाइनेछ।
🔮 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)ः
घरमा धार्मिक वा सांस्कृतिक क्रियाकलापको आयोजना हुने संकेत छ। प्रेम र भावना सशक्त हुनेछन्। सानो प्रयासले ठूलो उपलब्धि हासिल गर्न सकिनेछ। सामाजिक सञ्जाल वा नातागोताबाट सहयोग मिल्नेछ।

