Aamsanchar

रिक्सा चार्ज गर्ने क्रममा श्रीमान् लाई करेन्ट लाग्यो, बचाउन गएकी श्रीमतीको पनि मृत्यु

Author Image
शनिवार, साउन १०, २०८२

राजविराज – सप्तरीको रूपनी गाउँपालिकामा करेण्ट लागेर एक दम्पतीको ज्यान गएको छ। रूपनी- २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने क्रममा ४५ वर्षीय बालेश्वर खंग मण्डल र श्रीमती ४२ वर्षीया रामकुमारी खंगको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयकुमार राईका अनुसार आफ्नै घरमा सिटी रिक्सा चार्ज गर्न खोज्दा बालेश्वरलाई करेण्ट लागेको थियो। उनलाई छुटाउन जाँदा रामकुमारीलाई समेत करेण्ट लाग्यो। उनीहरूको दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर