Aamsanchar

अमेरिकाको विमानस्थलमा ठूलो दुर्घटना, बोइङ विमानमा आगलागी

Author Image
आइतवार, साउन ११, २०८२

काठमाडौं-  अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एक ठूलो दुर्घटना टरेको छ । मिउामी जाँदै गरेको अमेरिकन एयरलाइन्सको बोइङ ७३७ म्याक्स ८ विमानको ल्यान्डिङ गियर फेल हुँदा टेकअफ रोक्दा विमानको पछिल्लो भागमा आगो लागेको हो । स्थानीय समय अनुसार दिउँसो २:४५ बजे (नेपाली समयानुसार राति २:३० बजे) घटना भएको हो। विमानमा १७३ यात्रु र ६ क्रु सदस्य थिए। सबैलाई आपतकालीन स्लाइडमार्फत बाहिर निकालिएको छ ।

दुर्घटनामा ६ जनालाई सामान्य चोट लागेको थियो र एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । १२ जुनमा अहमदाबादमा दुर्घटनामा परेको एअर इन्डियाको विमान पनि बोइङ कम्पनीकै थियो। ‘बोइङ ७८७-८’ मोडलको उक्त विमान टेकअफ भएको दुई मिनेटमै दुर्घटना हुँदा २७० जनाको मृत्यु भएको थियो ।

अमेरिकन एयरलाइन्सले टायरमा खराबी रहेकोले विमानलाई सेवा बाहिर राखिएको छ। आगो निभाइसकिएको र मियामी गन्तव्यका यात्रुका लागि नयाँ विमान पठाइएको जानकारी दिएको छ । यस घटनाका कारण दिउँसो २ बजेदेखि ३ बजेसम्म ८७ उडानहरू प्रभावित भएका थिए ।

 

Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर