Aamsanchar

जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छोड्न भनियो

Author Image
बुधवार, साउन १४, २०८२

टोकियो- रुसमा आएको शक्तिशाली भूकम्पपछि उत्पन्न सुनामीको कारण जापानले १९ लाखभन्दा बढी मानिसहरूलाई आफ्नो घर छोड्न भनेको छ ।

यीमध्ये लगभग १० हजार ५०० मानिसहरू होक्काइदोका हुन् । स्थानीय मिडिया फुटेजमा यी मानिसहरू छतमा भेला भएको देखिएको थियो । केही मानिस टोकियोको दक्षिणमा रहेको चिबाको समुद्र तटमा अवस्थित एक अब्जर्भेटरीमा पनि भेला भएका छन् ।

अधिकारीहरूले मानिसहरूलाई जापानको उत्तरी तटीय क्षेत्र खाली गर्न र कुनै अग्लो स्थानमा सर्न अपिल गरेका छन् । जापानको प्रशान्त तटमा दर्जनौँ सुनामी छालहरू आइपुगेका छन् । उत्तरमा होक्काइदोदेखि दक्षिणमा वाकायामा प्रान्तसम्म प्रशान्त तटमा खाली गर्ने चेतावनी जारी गरिएको छ । मौसम विज्ञान एजेन्सीले सुनामी छालहरू ३ मिटरसम्म अग्लो हुन सक्ने बताएको छ ।

Views: 513

प्रतिक्रिया (०)

सम्बन्धित खबर