Aamsanchar

गोविन्देको आक्रमणबाट सेनाका एक हवल्दार घाइते

Author Image
बुधवार, साउन १४, २०८२

चितवन –  चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रहेको पोस्टबाट डिउटी सकेर फर्किँदै गरेका नेपाली सेनाका एक हवल्दारलाई जंगली हात्ती गोविन्देले आक्रमण गरी घाइते बनाएको छ । निकुञ्ज स्रोतका अनुसार बुधबार बिहान ७ बजे सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ फर्कँदै गरेका ४ जना सैनिकलाई गोविन्देले आक्रमण गरेको थियो ।

एक्कासी जम्काभेट भएको गोविन्दले पैदल फर्किँदै गरेका सेनामाथि आक्रमण गरेको थियो । हात्तीको आक्रमणबाट ३८ वर्षीय नन्दबहादुर सिंह घाइते भएका हुन् । सिंहमाथि आक्रमण गर्ने बित्तिकै सेनाले ३ राउन्ड हवाई फायर गरेको थियो । हवाई फायरपछि गोविन्दे भागेको थियो । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको रत्ननगर बकुलहर अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

कछुवानी पोस्टमा ११ जना सैनिक बस्दै आएका छन् । यसअघि, सेना तथा निकुञ्जको टोलीमाथि आक्रमण गर्न आएपछि सेनाले हानेको गोली लागेर जंगली हात्ती मकुनाको मृत्यु भएको थियो ।

 

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर