Aamsanchar

सिन्धुपाल्चोकमा पाँच घरपरिवारको स्थानान्तरण

Author Image
बुधवार, साउन १४, २०८२

सिन्धुपाल्चोक –  सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका पाँच घरपरिवारलाई सुरक्षित स्थानमा सारेको छ । गाउँपालिका–५ मा रहेको बिगल र पाथरकाका पाँच घरपरिवारलाई गैरीगाउँमा अस्थायी टेन्ट निर्माण गरी बास बस्ने व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराले जानकारी दिए ।

‘घरनजिकै पहिरो खसेको छ। भोलि ठूलो घटना नहोस् भनेर तत्काल सुरक्षित स्थानमा सारिएको हो,’अध्यक्ष बोहराले बताए । उनका अनुसार पीडित परिवारलाई सुरक्षित बसोबासका साथै आधारभूत सामग्रीहरू प्रदान गरिएको छ।

पाथरकामा बस्तीमाथिबाट आएको पहिरोले ढुङ्गा झरेर बस्ती जोखिममा परेपछि अस्थायी टेन्ट स्थापना गरी सुरक्षित स्थानमा सारिएको गाउँपालिकाले जनाएको छ। तत्कालका लागि त्रिपाल, प्लास्टिक, खानेपानीका पाइप वितरण गर्दै अस्थायी आवास बनाइएको बोहोराले बताए।

वडा नम्बर ५ कै लामाचौरका तीन घरपरिवार जोखिममा रहेकाले उनीहरूलाई खाली रहेको भिमेश्वर आधारभूत विद्यालयको भवनमा सार्ने योजना रहेको गाउँपालिकाले जनाएको छ।

Views: 93

प्रतिक्रिया (०)

सम्बन्धित खबर