Aamsanchar

दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर ३० वर्षीय मुरारीकाे मृत्यु

Author Image
बिहिवार, साउन १५, २०८२

जनकपुरधाम – महोत्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ७ बनौलीका ३० वर्षीय मुरारी झा छन् ।

उनको दुर्गा मन्दिर नजिकको पोखरीमा डुबेर बुधबार साँझ मृत्यु भएको स्थानीय सुमन झाले जानकारी दिए । साँझ पोखरीमा डुबेको स्थानीयले खबर गरेपछि सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजेर शव निकालेको हो ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर