Aamsanchar

सबैले देख्ने गरी पशुपतिनाथको भेटी गणना गर्ने तयारी

Author Image
बिहिवार, साउन १५, २०८२

काठमाडौँ – पशुपतिनाथको भेटी गणना सार्वजनिक रूपमा गर्ने तयारी गरिएको छ । पशुपति विकास कोषका निमित्त सदस्य सचिव सुवासचन्द्र जोशीले यस्तो जानकारी दिएका हुन् । बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाको प्रगतिबारे छलफलमा बोल्दै जोशीले यस विषयमा जानकारी दिएका हुन् ।

छलफलमा सांसदहरूले भेटी (दान दक्षिणा) को पारदर्शितामाथि चासो र जिज्ञासा राखेका थिए । जवाफमा कोषका निमित्त सदस्य सचिव जोशीले भेटीको व्यवस्थापनलाई थप परिष्कृत गरिएको दाबी गरे । हामीले अहिले सबै भेटीलाई एउटै कोठामा ल्याएर सीसीटिभीको निगरानीमा गणना गर्ने व्यवस्था गरेका छौँ,’ उनले भने ‘निकट भविष्यमा भेटी गणना गर्ने प्रक्रिया आम भक्तजनले पनि देख्न सक्ने गरी थप पारदर्शी बनाउने योजना छ ।

हाल मन्दिर परिसरभित्रै एउटा कोठामा भेटी गणना हुँदै आएकामा त्यसलाई बाहिर ल्याएर भक्तजनले समेत देख्ने व्यवस्था मिलाउन लागिएको उनले बताए ।

 

Views: 95

प्रतिक्रिया (०)

सम्बन्धित खबर