Aamsanchar

गुण्डा नाइके चक्रे मिलनकाे जन्मदिन मनाउनेक्रममा पक्राउ परेका १९ जनामाथि सात दिनको म्याद

Author Image
शुक्रवार, साउन १६, २०८२

काठमाडौँ – गुण्डा नाइके चक्रे मिलन उर्फ मिलन गुरुङको जन्मदिन मनाउनेक्रममा पक्राउ परेका १९ जनामाथि अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद लिएको छ।

उनीहरूलाई सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान गर्न काठमाडौँ प्रशासनले ७ दिनको समय दिएको काठमाडौँका प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले जानकारी दिए।

गएराति महाराजगञ्जको होटल साम्बालाबाट ४७ जना पक्राउ परेका थिए। बाँकी २८ जनालाई प्रहरीले हाजीर हुनेगरी छाडेको उनले बताए।

मध्यराति जन्मदिन पार्टी मनाउने नाममा होहल्ला गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

Views: 129

प्रतिक्रिया (०)

सम्बन्धित खबर