Aamsanchar

त्रिरल बुद्ध विहार तोडफोडपछि दानपेटिकामा रहेको रकम लुटपाट

Author Image
आइतवार, साउन १८, २०८२

संखुवासभा – अज्ञात समूहले संखुवासभाको खाँदबारीमा रहेको त्रिरल बुद्ध विहार तोडफोड गरेको छ । आइतबार बिहान विहारको गेटको रड काटेर ढोका फोरी भित्र तोडफोड गरेको खाँदबारी शाक्य समाजले जनाएको छ ।

तोडफोडपछि दानपेटिकामा रहेको रकमसमेत लगेको प्रहरीले जनाएको छ।

आइतबार बिहान नियमित पूजाआजा र भजन गर्न पुगेका उपासक, उपासिकाले विहारको ढोका फुटेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । भित्र रहेको बुद्धको मूर्ति भने केही भएको छैन । घटनाका बारेमा प्रहरीले अनुसन्धान थालेको छ ।

 

Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर