

काठमाडौं – भारतको झारखण्डका पूर्व मुख्यमन्त्री शिबु सोरेनको निधन भएको छ।

उनका छोरा तथा झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले शिबु शोरेनको निधन भएको जानकारी दिएका हुन्। ८१ वर्षीय शिबु लामो समयदेखि अस्पतालमा नियमित उपचार गराइरहेका थिए।

शिबु सोरेन विगत ३८ वर्षदेखि झारखण्ड मुक्ति मोर्चाका नेता थिए र पार्टीका संस्थापक संरक्षकको रूपमा चिनिन्छन्।


शोरेन २००६ मा भारतको केन्द्रमा कोल मन्त्री बनेका थिए भने २००८ देखि २०१० सम्म झारखण्डको मुख्यमन्त्री रहेका थिए।
Views: 48

