

काठमाडौं – तोलाको दुई लाख नजिक पुगेको सुनको मूल्य आज एक सय रुपैयाँले घटेको छ। अघिल्लो दिन मंगलबार १९ सयले बढेर तोलाको १ लाख ९८ हजार ५०० रुपैयाँ पुगेको सुन आज सय रुपैयाँले घटेको हो।


नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार सय रुपैयाँले घटेर एक तोला सुनको मूल्य १ लाख ९८ हजार ४०० कायम भएको छ।


सुनको भाउ घटे पनि चाँदीको मूल्य पनि मंगलबारको तुलनामा वृद्धि भएको छ। आज एक तोला चाँदीको मूल्य २ हजार ३०५ रुपैयाँ तोकिएको छ। मंगलबार २ हजार २८० रुपैयाँ पुगेको थियो।
Views: 43

