Aamsanchar

फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु

Author Image
बिहिवार, साउन २२, २०८२

काठमाडौं – बाराको जीतपुर सिमरा उपमहानगरपालिका–९ स्थित नारायणी स्पार्क प्रालिमा गएराति फलामले लागेर एक ‘क्रेन अपरेटर’को मृत्यु भएको छ।

क्रेनले फलाम उठाउने क्रममा आफैलाई लागेर भारत उत्तर प्रदेश ननौरा बलियाका ५३ वर्षीय रामभवन यादवको मृत्यु भएको हो।

फलामले टाउकोमा लागेर गम्भीर घाइते भएका यादवको उपचारका क्रममा वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेम नेपालले जानकारी दिए।

Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर