Aamsanchar

पशुपतिनाथको नाममा रहेका जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन

Author Image
बिहिवार, साउन २२, २०८२

काठमाडौं – प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले पशुपति क्षेत्र विकास कोषको नाममा रहेका जग्गाहरूको उपयोगको सम्पूर्ण विववरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

 

बिहीबार पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रको अवलोकन गर्दै समितिले पशुपति क्षेत्रका नाममा रहेको जग्गा र हाल प्रयोग भइरहेको अवस्थाका बारेमा सम्पूर्ण विवरण भाद्र १५ गतेभित्र समितिमा उपलब्ध गराउन निर्देशन दिएको हो ।

हालसम्म कोषको नाममा रहेका जग्गा कुन–कुन प्रयोजनका लागि उपयोग भइरहेको छ वा कसले उपभोग गरिरहेको छ भन्ने विस्तृत जानकारी गराउन कोषलाई निर्देशन दिएको समिति सभापति राजकिशोर यादवले जानकारी दिए।

उनले नियमविपरित अधिकार दुरुपयोग गरेर कोषको जग्गा प्रयोजनका लागि दिइएको पाइए समितिले कारवाहीको सिफारिस गर्ने बताए । सभापति यादवले कोषको सम्पूर्ण मुद्दाको अवस्थाका बारेमा पनि जानकारी गराउन निर्देश दिए।

उनले पशुपति गुरुयोजनाका बारेमा समेत विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको जानकारी दिए । कोषले उपलब्ध गराउने कागजात अध्ययन गरेर समितिले थप निर्णय गर्ने उनको भनाइ छ ।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर