Aamsanchar

मोन्टी देसाई आज नेपाल आइपुगे

Author Image
बिहिवार, साउन २२, २०८२

काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक मोन्टी देसाई आज नेपाल आइपुगेका छन् । देसाइलाई काठमाण्डौ गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एनपीएलको दोस्रो संस्करणका लागि पर्सि शनिवार मिनी अक्सन हुँदैछ । काठमाण्डौले एनपीएलको दोस्रो संस्करणका लागि मार्कीमा करण केसीसहित भीम सार्की, शाहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतिक श्रेष्ठलाई निरन्तरता दिएको छ ।

Views: 69

प्रतिक्रिया (०)

सम्बन्धित खबर