

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी समकक्षी भ्लादिमिर पुटिनबीच अर्को हप्ता अलास्कामा भेटवार्ता हुने भएको छ । युक्रेन युद्धको भविष्यबारे छलफल गर्न र निर्णयमा पुग्न आउँदो शुक्रवार उहाँहरुबीच भेट हुने भएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अगस्ट १५ तारिखमा हुने महत्त्वपूर्ण बैठकबारे सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । ट्रम्प र पुटिनबीच युक्रेनसम्बन्धी शिखर वार्ताको बैठक हुन लागेको हो ।

भेटबारे क्रेमलिनका प्रवक्ताले अलास्का रुस नजिक भएकोले उपयुक्त ठाउँ भएको बताएको खबरमा उल्लेख छ । यस विषयमा युक्रेनको तर्फबाट अहिलेसम्म प्रतिक्रिया आएको छैन । सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेने युद्ध शुरु भएको थियो । जुन अहिलेसम्म पनि रोकिएको छैन ।


Views: 77

