Aamsanchar

कृकेटर ललित राजवंशीलाई मातृशोक

Author Image
आइतवार, साउन २५, २०८२

विराटनगर –  नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य ललित राजवंशी मातृशोकमा परेका छन्। उनकी आमा शुभकुमारी राजवंशीको विराटनगर महानगरपालिका–१४ जतुवास्थित निवासमा निधन भएको हो। जिल्ला क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद बाबु कुरैसीका अनुसार ६० वर्षीया शुभकुमारी लामो समयदेखि दमको समस्याबाट पीडित थिइन्। उपचारसँगै दैनिकीमा सक्रिय रहँदै आएकी थिइन्।

छिमेकी राजकुमार विश्वासका अनुसार खाना खाएर शनिबार राति सुतेकी शुभकुमारी भोलिपल्ट अर्थात्, आइतबार बिहान मृत भेटिएकी हुन्। ‘शनिबार राति घरमा खाना र औषधि खाएर सुत्नु भएको रहेछ। तर, भोलिपल्ट बिहान छोरीले उठाउन जाँदा मात्र घटना थाहा भएछ,’ उनले भने।

 

Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर