
प्रतिकात्मक खोला । फोटो श्रोत : गुगल

बिर्तामोड । झापा मेचिनगर नगरपालिका वडा नं. ७, सिदार्थ टोलस्थित पालिया खोलामा एक महिलाको शव फेला परेको छ। मृतकको नामथर र वतन हालसम्म खुलेको छैन। करिब ५०–५५ वर्षीया उक्त महिला खोलामा घोप्टो परेको अबस्थामा आज फेला परेको हो ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली तत्काल खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि मृत शरीरलाई प्रादेशिक अस्पताल मेचिमा पोष्टमार्टमको लागि पठाइएको छ।
घटनाको पूर्ण विवरण र कारण बारे छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Views: 127


