Aamsanchar

राहुल गान्धी प्रहरीको नियन्त्रणमा

Author Image
सोमवार, साउन २६, २०८२

काठमाडौं – भारतमा विपक्षी दलका नेता राहुल गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संसद् भवनबाट निर्वाचन आयोगसम्म प्रदर्शनका क्रममा गान्धीलाई नियन्त्रणमा लिइएको बीबीसी हिन्दीले जनाएको छ ।

उनीसँगै प्रियंका गान्धी, शिव सेना पार्टीका नेता सञ्जय राउतलाई पनि नियन्त्रणमा लिइएको छ ।

लोकसभा निर्वाचन, महाराष्ट्र, हरियाणाको चुनावमा मतदाता नामावलीमा आयोग र भारतीय जनता पार्टीको मिलेमतोमा धाँधली गरिएको आरोप लगाउँदै राज्यसभाका विपक्षी सांसदले दिल्लीस्थित निर्वाचन आयोगको कार्यालयअगाडि जुलुस निकालेका थिए ।

प्रहरीले भने अनुमतिविपरीत धेरै मानिस भेला भएका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर