Aamsanchar

भारतले थप बिजुली बिक्रीको स्वीकृति दियो, नेपालले अब एक हजार १४१ मेगावाट भारतमा बेच्न पाउने

Author Image
मङ्गलवार, साउन २७, २०८२

काठमाडौं –नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ ।

भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु–२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।

यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले नेपाल–भारत विद्युत् व्यापारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

यसअघि भारत र बंगलादेशमा गरी ९४१ मेगावाट विद्युत् बिक्री भइरहेको थियो । त्यसमा २०० मेगावाट थप भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यससँगै नेपालले अब कुल एक हजार १४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउनेछ ।

Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर