

इलाम- इलाम जिल्लाको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो लेदो सहितको पहिरोमा परि एक पुरुषको ज्यान गएको छ।

मृत्यु हुनेमा सोही स्थानका करिब ६० वर्षीय बिर बहादुर राई रहेका छन्। स्थानीयका अनुसार, कान कम सुन्ने र अविवाहित रहेका राई आज दिउँसो करिब १२:०० बजे आफ्नो घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला नजिकैको खोल्सामा एक्कासि आएको लेदो सहितको पहिरोमा परि पुरिएका हुन्।

घटनाबारे जानकारी प्राप्त हुनासाथ १२:३० बजे प्रहरी चौकी किटेनी, इलामबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा अतिरिक्त प्रहरी टोली समेत खटाइएको इलाम प्रहरीले जनाएको छ।


Views: 153

