Aamsanchar

कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याइयाे

Author Image
बिहिवार, साउन २९, २०८२

काठमाण्डौ – पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ को नेपाली पाठ्यपुस्तकमा भएको त्रुटि सच्याएको छ ।

बोध र अभिव्यक्ति खण्डको अभ्यास १३ मा रहेको ‘यसपाली त मनै फाट्यो केले सिउने केले टाल्ने…’ भन्ने गीतको रचनाकार अम्बर गुरुङ भनी उल्लेख भएकामा त्यसको आधिकारिकता खोजी गर्दा गीतको रचना राजेन्द्र थापाले गरेको पुष्टि भएको पाठ्यक्रम विकास केन्द्रले निकालेको सूचनामा उल्लेख छ ।

पाठ्यपुस्तकमा यहीबमोजिम सच्याइएको हुँदा सम्बन्धित शिक्षण संस्थाहरूले अद्यावधिक तथ्यअनुसार शिक्षण सिकाइ क्रियाकलाप गर्न, गराउन केन्द्रले आग्रहसमेत गरेको छ ।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर