Aamsanchar

बस र माइक्रोबस ठाेक्किएर दुर्घटना

Author Image
बिहिवार, साउन २९, २०८२

तनहुँ – तनहुँको डुम्रेमा बस र माइक्रोबस एक आपसमा ठोक्किएका छन् । पृथ्वीराजमार्ग अन्तर्गत बन्दिपुर गाउँपालिका–४ डुम्रे नजिकै बस र माइक्रोबस ठोक्किएका हुन् ।

दुर्घटनामा परेर ११ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ ।

गम्भीर घाइतेहरूको मोति क्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ९ जनाको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ ।

बागमती प्रदेश ०१–००६ ख ६५०३ नम्बरको माइक्रोबस काठमाण्डौँबाट दमौलीतर्फ आउँदै थियो भने विपरीत दिशाबाट आउँदै गरेको ग १ ख ७३२९ नम्बरको बससँग ठोक्किएर उक्त दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।

Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर