Aamsanchar

एकसय भन्दा धेरै बाँदरको आक्रमणबाट ५८ वर्षीय पुरूषकाे ज्यान गयाे

Author Image
बुधवार, भदौ ४, २०८२

नुवाकोट – नुवाकोटको कविलासका एक जना किसानको बाँदरको आक्रमणबाट ज्यान गएको छ । बाँदरको आक्रमणबाट अचेत भएका ५८ वर्षीय गोकर्ण नेपालीको अस्पताल लेजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।

पन्चकन्या गाउँपालिका -२ कविलास कोटथोकका नेपालीको बुधबार बिहान बाँदरको फौजले आक्रमण गर्दा मृत्यु भएको स्थानीयवासीले बताए ।

आफ्नै घरबारी पसेका बाँदर धपाउने क्रममा बाँदरको फौजले आक्रमण गर्दा अचेत भएका नेपालीलाई स्थानीयवासीले उद्धार गरि उपचारका लागि काठमाडौं लैजादै गर्दा बाटोमै ज्यान गएको पन्चकन्या- २ का वडाध्यक्ष रामशरण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार मकै खान लागेको बाँदरलाई धपाउने क्रममा एकसय भन्दा धेरैको संख्यामा रहेका बाँदरको फौजले नेपालीमाथि एक्कासी आक्रमण गर्दा उनी बेहोस भएका थिए।

 

Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर