Aamsanchar

प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना, २८ वर्षीय युवकको मृत्यु

Author Image
बिहिवार, भदौ ५, २०८२

विराटनगर – विराटनगर महानगरपलिका– ४ दुधफारम चोकमा प्रहरीले चेकजाँचका लागि रोकेको ट्रकमा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

 

प्रहरीका अनुसार बुधबार राति करिब साढे ८ बजे कोशी राजमार्गको दुधफारम चोकमा दुर्घटना हुँदा सुनसरीको बर्जु गाउँपालिका– ६ का २८ वर्षीय पुष्पकुमार चौधरीको मृत्यु भएको हो ।

विराटनगरबाट नेमुवातर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५१८९ नम्बरको मिनी ट्र्कलाई प्रहरीले रोकेर चेक जाँच गर्ने क्रममा सोही दिशातर्फ जाँदै गरेको प्रदेश १–०२–००४६ प ६४०१ नम्बरको मोटरसाइकल पछाडि ठोक्किएर दुर्घटनामा परेको थियो ।

प्रहरीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल दुर्घटना हुँदा चालक चौधरी गम्भीर घाइते भएका थिए । उनको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनापछि ट्रक र चालक मोरङ बूढीगंगा गाउँपालिका – १ का ३१ वर्षीय सन्तोषकुमार आचार्यलाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर