Aamsanchar

खाडी राष्ट्र यूएईमा एकै महिना ३२ जना नेपालीको मृत्यु

Author Image
शुक्रवार, भदौ ६, २०८२

काठमाडौं –  खाडी राष्ट्र युनाइटेड अरब इमिरेट्स (यूएई)मा एकै महिना ३२ जना नेपालीको मृत्यु भएको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा वैदेशिक रोजगारीका क्रममा यूएईमा रहेका ३२ नेपालीको मृत्यु भएको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो महिना यूएईमा ३० जना नेपालीले ज्यान गुमाएका थिए ।

नेपाली दूतावासका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए ।

सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटु सम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

Views: 189

प्रतिक्रिया (०)

सम्बन्धित खबर